Logo
Logo

बैठकमा आएन एमाले, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्



विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले भोलि (बुधबार) विहान ११ः३० बजेका लागि अर्को बैठक बोलाएका छन् ।

बुधबारको बैठकमा उपस्थित हुन सभामुख भण्डारीले प्रमुख प्रतिपक्ष दलका सांसदलाई निर्देशन समेत दिएका छन् । आजको बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिनका लागि तय गरिएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्