प्रदेश २ का जसपाका मन्त्री यादव बर्खास्त « Drishti News – Nepalese News Portal
Logo

प्रदेश २ का जसपाका मन्त्री यादव बर्खास्त


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री यादवलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश २ सरकारले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।

यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्