Logo
Logo

१९ न्यायाधीशकाे एकै स्वर- ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’


3.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा १९ जना न्यायाधीश एकमत भएका छन् ।

नेपाल बारसँगको मंगलबार दिउँसो भएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्नेमा एकमत रहेको जवाफ दिएका हुन् । बारसँगको छलफलमा सर्वोच्च अदालतका १३ न्यायाधीश सहभागी थिए ।

उनीहरुले गोलाप्रथा प्रणालीबाट पेसी तोक्न सुरु गरिए मुद्दाको सुनुवाइमा जाने अवस्था आउने बताए । न्यायाधीशहरुले आन्दोलनसँगै मुद्दाको सुनुवाइलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका हुन् ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको अजेण्डाबाट भने पछि नहट्ने आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ । प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गर्ने सम्बन्धमा अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाएमा सहभागी हुने न्यायाधीशहरुको भनाइ छ ।

न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा भने नेपाल बारसँग भएको छलफलमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्