Logo
Logo

कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही



काठमाडौं । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् । मन्त्री नियुक्त भएका शाहीले आज नै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

शाहीको अहिले साढे पाँच बजे प्रदेश शपथ ग्रहण हुने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ। मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्