Logo
Logo

मंसिर १५ भित्रै कक्षा १२ को परीक्षाफल


819
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र नै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । परीक्षा बोर्डले मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका भइरहेको जानकारी दिएको हो ।

बोर्डले मंसिर १५ भित्र नै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको भए पनि केही दिन अगाडिपछाडि पनि हुन सक्ने बताएको छ ।

बोर्डले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको जानकारी दिएको छ ।

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्