Logo
Logo

प्रमुख तीन दललाई महाधिवेशनको चटारोदेखि न्यायाधीशहरूको अन्दोलन जारीसम्म



हेडलाइन्स्

१. पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुमा लगातार भइरहेको मूल्यवृद्धि खारजेको माग गर्दै नेद्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा नेपाल बन्द, बन्दका कारण निम्न आय भएका मारमा, मूल्यवृद्धि खारेज नभएसम्म निरन्तर अन्दोलन गर्ने, बन्द गराउँदा पक्राउ परेका तीन सय बढी आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न विप्लवको माग ।

२. प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी महाधिवेशनको संघारमा, एमालेको तयारी अन्तिम चरणमा पुग्दा महाधिवेशन गर्ने कांग्रेसको निर्धारित मिति नै प्रधावित हुने डर, माओवादी अहिलेकै गतिमा अघि बढे समयमै केन्द्रीय सम्मेलन सम्पन्न गर्न सफल हुने सम्भावना ।


३. प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त, भ्रष्टाचारको विरोध गर्दा जिम्मेवारीबाट हटाइएको यादवको भनाइ, आफूलाई किन बर्खास्त गरियो भनेर जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी समिति र प्रदेश २ को संसदीय दलमा कुरा राख्ने ।


४. न्यायालयमा देखिएको समस्यबारे सत्तारुढ गठबन्धन अनिर्णयित, न्यायालयको गतिरोधको तत्काल निकास खोज्नुपर्ने निष्कर्ष, सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा, न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने भनाइ ।

५. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.९२ अङ्कले बढ्यो, २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर पाँच अर्ब ५२ करोड ५० लाख ८५७ मा खरिद बिक्री, कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो ।


६. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा सर्वाेच्च अदालतका १९ न्यायाधीश एकमत, गोलाप्रथा प्रणालीबाट पेसी तोक्न सुरु गरिए मुद्दाको सुनुवाइमा जान सक्ने, प्रधानन्यायाधीश राणाको बहिर्गमनको एजेण्डाबाट पछि नहट्ने आन्दोलनरत न्यायाधीशहरुको भनाइ, सर्वाेच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न विभिन्न नौ संवैधानिक आयोगको माग ।


७. प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदमा उपस्थित नभएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिन पाएनन्, अर्को बैठक बुधबार बिहान ११ः३० बजे बस्ने, सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेर एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह मुख्यमन्त्रीको आरोप ।

८. विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वास, देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ ।

९. आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोट खेलमा नेपाली महिला क्रिकेट टोलीको सानदार जित, पहिलो खेलमा नेपालसँग कतारमाथि १ सय १९ रनले पराजित, जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार २७ रनमा अल आउट ।

१०. सन् २०२० मा भएको संसदीय निर्वाचनमा नेतृ आङ साङ सुकीले धाँधली गरेको म्यानमार सैनिक सरकारको आरोप, अमेरिकी राष्ट्रपति जोन बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल बैठक, चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्ध पारस्परिक रुपमा लाभदायक रहेकाले दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने सीको भनाइ, भारतको राजधानीमा प्रदूषण नियन्त्रण गर्न एक हप्ता लकडाउन गरिने ।

प्रतिक्रिया दिनुहोस्