कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहीद्वारा शपथग्रहण « Drishti News – Nepalese News Portal
Logo

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहीद्वारा शपथग्रहण


दृष्टि संवाददाता


कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गर्नुभएको हो । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।

मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी०को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा एकीकृत समाजवादीपार्टीबाट कर्णाली प्रदेशसभा सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्