Logo
Logo

प्रचण्ड आज महोत्तरी जाँदै, रामगोपालपुर नगरले दियो सार्वजनिक बिदा



काठमाडौं । स्वास्थ्य संस्थाको उद्‌घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ दाहाल आज महोत्तरी जाँदै छन् ।

उनले महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्वास्थ्य संस्थाको उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रमका लागी नगरपालिएले सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।

नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि दाहाल महोत्तरी पुग्ने कार्यक्रम रहेका कारण सार्वजनिक बिदा दिएको रामगोपालपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्