Logo
Logo

मुगु गमगढीका अग्निपीडितले आफन्तकोमा रात बिताए



काठमाण्डौं । मुगुको गमगढीमा २१ घरधुरीमा आगलागी हुँदा झण्डै ७५ परिवार विस्थापित भएका छन् । आगलागीका कारण बास गुमाएकाले रात आफन्तकोमा बसरे बिताएका छन् । नजिक आफन्त नहुने केहीले त्यहाँ नजिकै रहेका घरमा डेरा खोज्न पुगेका थिए ।

हिजो राति १२ बजेदेखि लागेको आगोका कारण गमगढीका २१ वटा घरमा पुरै क्षति भएको छ । स्थानीयबासिन्दा, सेना र प्रहरी तत्कालै आगो निभाउन जुटेकाले मध्यराति आगलागी भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । स्थानीय ठिल्ले लामाको घरमा पूजाका लागि बालिएको दियोबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाहीका अनुसार गलागीबाट भएको क्षतिबारे यकिन विवरण भने आज (बुधबार) मात्रै सार्वजनिक हुने छ । अग्नि पीडितलाई आज नगरपालिकाले नगदसहित राहत वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो प्रति परिवारलाई ५०र५० हजार रुपैयाँसहित राहत वितरण गरिने छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताए पनि हिजो उनी प्रभावित क्षेत्रमानपुगेको स्थानीयको भनाइ छ । उनी आज गमगढी जाने तयारीमा रहेका पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्