Logo
Logo

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


756
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिँदैछन् । बिहान ११: ३० बजे प्रदेशसभाको बैठक पछि उनले विश्वासको मत लिने छन् ।

मंगलबार नै विश्वासको मत लिने दिन तय भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण सबै सांसद प्रदेश सभामा उपस्थित हुन सक्ने वातावरण रहेको भन्दै बैठक स्थगित गरेर सभामुख प्रदीपकुमार भण्डारीले आजको लागि मिति सारेका थिए ।

उनले प्रस्ताव टेबल नै नगरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेपछि केही प्रदेश सांसदले सभामुख एकालेको कार्यकर्ता जस्तो भएको आरोप समेत लगाए ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । उनले मुख्यमन्त्री बनेको दुई सातापछि आज विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बनेको ३० दिन भित्रमा विस्बासको मत लिनुपर्ने प्रबधान भएपनी राईले मन्त्रीमणल बिस्तार गर्नुपर्ने चुनौती रहेकाले सो भन्दा अगाडि नै विश्वासको मत लिने भएका हुन् ।

राई पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यस्तो छ संसदीय अंकगणित

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्सीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् ।

एमालेसँग ४१ जना सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद गुलेफुन खातुन घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता मुख्यमन्त्री राईको नेतृत्वको सरकारले सजिलै विश्वासको मत पाउने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्