Logo
Logo

ट्राफिक प्रशासन तालिम सञ्चालन



काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औँ समूहको तालिम संचालन गरेको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम उद्घाटन गर्दै संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताए ।

मंगलबार आयोजित कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्