
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका नेताहरू सभापति गगन थापातिर खुल्न तयार भएका छन् ।
सभापति गगन थापाले सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका छन् । दिउँसो २ बजे बस्ने बैठकमा देउवा पक्षमा रहेका ५० जना सहभागी हुने नेता रामहरि खतिवडाले जानकारी दिए ।
देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय राखेर आगामी असोज १५ गतेदेखि १५औँ महाधिवेशनको कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ ।
यद्यपि, थापाले केही दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १४औं महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेका थिए । त्यसपछि देउवा पक्षका नेताहरू सानेपा बैठकमा सहभागी हुन तयार भएको खतिवडाले दाबी गरे ।
देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सानेपा बैठकमा जाने भएका छन् ।
अहिलेसम्म गगनतिर खुलेका नेताहरूः
बालकृष्ण खाँण
मीनबहादुर विश्वकर्मा
ज्ञानेन्द्रबहादुर कार्की
रामहरि खतिवडा
श्याम घिमिरे
किशोरसिंह राठोर
महालक्ष्मी उपाध्याय (डिना)
सुरेन्द्रराज पाण्डे
महेन्द्र यादव
इन्द्रबहादुर बानियाँ
जीवनबहादुर शाही
ईश्वरी न्यौपाने
उमेश श्रेष्ठ
सीता गुरुङ
सुशीला थिङ















