Logo
Logo

सीसीएमसी निष्किृय भएपछि सीसीएमसीसी स्थापना



काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश निष्किृय भएसँगै ‘कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र’को सट्टा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कोअर्डिनेशन सेन्टर (सीसीएमसीसी) स्थापना गरेको छ ।

कोभिड–१९ महामारी व्यवस्थापनमा मात्रै सहयोग गर्ने गरी समन्वय केन्द्र बनाइएको हो । सीसीएमसीसीको प्रमुखको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई दिइएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को जिम्मेवारी पूर्वरथी बालानन्द शर्मालाई दिइएको थियो । व्यवस्थापिका संसदको पहिलो बैठकको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि उक्त अध्यादेश स्वतः निष्क्रिय भएको थियो । सीसीएमसीसीको कार्यालय रक्षा मन्त्रालय अन्तर्गत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्