Logo
Logo

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई



काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) प्रदान गरेको छ । पहिलो ई पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको हो ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका छन् ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गर्ने पनि उनले बताए । ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्