काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको बताएका छन् ।
बुधबार बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता पुगेको ठाँउमा झन् बलियो भएर एमाले पुगेको बताएका हुन् ।
नेकपा एमाले तर्साएर चन्दा उठाउने पार्टी नभएको भन्दै ओलीले एमाले मन लिएर, कामको विश्वास जितेर जनतामाझ जाने पार्टी भएको उल्लेख गरे । उनले आफ्नो सरकारले लोडसेडिङ अन्त्य लगाएतका बिकासका काम गरेको दावी गरे ।
ओलीले अहिले सरकारमा रहेका मान्छेहरु जनादेशबाट नभएर परमादेशबाट आएका व्यक्तिहरु रहेको भन्दै उनीहरुको ध्यान देश बिकासमा नरहेको जिकिर गरे ।
कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराएका थिए ।












