भारतीय सरकारको आर्थिक सहयोगमा बुटवलमा विद्यालय बन्दै « Drishti News – Nepalese News Portal
Logo

भारतीय सरकारको आर्थिक सहयोगमा बुटवलमा विद्यालय बन्दै


दृष्टि संवाददाता


काठमाडौं । रुपन्देही जिल्लाको बुटवलस्थित नहरपुरमा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको छ ।

विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले शिलान्याश गरेका छन् ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब नेरु ४.४१७ करोडको लागतमा हुनेछ ।

सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०५ छात्रा रहेका छन्।

सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

यी परियोजनाहरुमध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी प्रदेश ५ मा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।

भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुईका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्