Logo
Logo

शेखर कोइरालाले देशभर कांग्रेस एकता अभियान चलाउने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशभर ‘पार्टी एकता’ अभियान चलाउने भएका छन् ।

कांग्रेस सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्न थालेपछि कोइरालाले मध्यमार्गमा रहेर एकता अभियान चलाउने तयारी गरेका हुन् । कांग्रेस विभाजनतर्फ गइरहेको जनाउँदै उनले बिहीबार प्रेस विज्ञप्तिमार्फत एकता अभियान लिएर गाउँगाउँ पुग्ने बताएका छन् ।

उनले यसमा कसैलाई आरोपप्रत्यारोप नगर्ने उल्लेख गरेका छन् । ‘म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न । हामी सफल हुन्छौं भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो सम्भव छ,’ उनले भनेका छन्, ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ। हामी उठ्छौं जुट्छौं र जित्छौं।’

उनले कांग्रेस एकताका लागि एकता अभियान लिएर गाउँगाउँ पुग्ने बताएका छन् । ‘यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र्र निर्माणमा जुटन सक्छ,’ कोइरालाले भनेका छन्, ‘यस अभियानमा म गाउँ टोलदेखि केन्द्रहुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु । साथै तपाईहरूसँग भेट्न गाउँघर आईरहनेछु ।’

प्रतिक्रिया दिनुहोस्