Logo
Logo

संविधान दिवस भव्यतासाथ मनाउन एमालेको निर्देशन


126
Shares

काठमाडौं । नेकपा एमालेले असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक र भव्य रूपमा १२औँ शंविधान दिवस मनाउन निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, बिचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवसलाई सफल बनाउन अनुरोध छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000