Logo
Logo

ओलीसँग पूर्वमाओवादी नेता प्रभु साह फेरि असन्तुष्ट


6k
Shares

काठमाडौं । पूर्वमाओवादी नेता प्रभु साहले एमालेले प्रदेश २ मा एकलौटी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । साहले नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका हुन् ।

उनले जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए । तर, पछिल्लो समयमा चितवन पुगेर उनले ओलीलाई बाँचुञ्जेल साथ दिने वचन दिएका थिए । ओलीले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई भेदभाव नगरिने बताएपछि साहले ओलीलाई जीवनभर सघाउने वचन दिएका थिए ।

उनले भने, ‘तर, अहिले प्रदेश २ मा प्रभु साहको राजनीति सिध्याउन ओली पक्षका नेताहरु लागेको देखियो’ एमालेमा आवद्ध पूर्व माओवादीका एक नेताले भने, प्रदेश २ मा माओवादीबाट एमालेमा आएका सयौं नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा आउन दिइएन, ओली समूहले कोटामा बसेर एकलौटी रुपमा प्रतिनिधिहरू छान्ने काम गर्यो ।’

सर्लाही जस्तो जिल्लामा माओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भए पनि एकै जना पनि प्रतिनिधि नछानिएको प्रमुख साह निकटका नेताहरुको गुनासो छ ।

पूर्व माओवादीका प्रदेश स्तरका एक नेताले भने, ‘महाधिवेशन प्रतिनिधि छान्ने नाममा नाटक मञ्चन भएको छ, सम्मेलनै नगरी पूर्वएमाले समूहका नेताहरु बसेर लेटर प्याडमा प्रतिनिधिको नाम लेखेर पठाउने काम गरिएको छ, यो नाटक शिवाय अरु केही होइन ।’

प्रतिक्रिया दिनुहोस्