Logo
Logo

ई-पासपोर्ट वितरणदेखि प्रदेश २ का मुख्यमन्त्री संकटमासम्म



हेडलाइन्स्

१. प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन चौतर्फी दवाव, साइकल खरिदमा प्रदेश सरकारले भ्रष्टाचार गरेको ठहर भएसँगै मुख्यमन्त्री राउत नैतिक संकटमा, मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलको माग, अख्तियारले निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने लोसपाको भनाइ ।

२. आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को वितरण सुरु, पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई, परराष्ट्र मन्त्री डा.नारायण खड्काद्वारा शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई–पासपोर्ट बनाउन अनलाइन बुकिङको व्यवस्था भएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालको भनाइ ।

३. प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाए, कुल ९२ प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री राईको पक्षमा ५० मत, विपक्षमा २९ मत, मुलुकको परिवर्तन र संविधानलाई कमजोर पार्ने प्रयत्न भएकाले आफ्नो नेतृत्वको सरकार संविधानको रक्षाका निम्ति बनेको मुख्यमन्त्री राईको भनाइ ।

४. कानुन व्यवसायीहरूद्वारा ‘चोलेन्द्र शमसेर राजीनामा आजै दे’, ‘भ्रष्टका मतियार होसियार’, ‘बार एकता जिन्दावाद’ भन्दै सर्वोच्च अदालतभित्रै नाराबाजी, प्रधानन्यायाधीश राणाविरूद्धको आन्दोलनलाई देशव्यापी रूपमा सशक्त बनाउने निर्णय, आन्दोलन शुक्रबारसम्म जारी रहने ।
५. मधेशमा नेकपा (माओवादी केन्द्र) एक नम्बर पार्टी बन्ने अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को दाबी, मधेशी जनताले आगामी निर्वाचनमा मत दिएर मधेशमा माओवादीलाई नम्वर बनाउने विश्वास, संविधान संशोधन प्रस्तावमा एमालेको असहयोगले असफल भएको भनाइ, सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास ।

५. मधेशमा नेकपा (माओवादी केन्द्र) एक नम्बर पार्टी बन्ने अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को दाबी, मधेशी जनताले आगामी निर्वाचनमा मत दिएर मधेशमा माओवादीलाई नम्वर बनाउने विश्वास, संविधान संशोधन प्रस्तावमा एमालेको असहयोगले असफल भएको भनाइ, सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास ।

६. एमाले भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको अध्यक्ष केपी शर्मा ओलीको दाबी, एमाले तर्साएर चन्दा उठाउने पार्टी नभएको भनाइ, जनताको विश्वास जितेर जनतामाझ जाने, आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान सरकारले लिन थालेको भनाइ ।

७. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेर दुई हजार ८०० को बिन्दुमा पुग्यो, नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुग्यो, सेन्सेटिभ परिसूचक पनि ३.९८ अङ्कले बढेर ५२५.४४ मा, कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मा खरिद बिक्री, चार कम्पनीको सेयरमा सर्किट ।

८. अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा, बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवा र शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवर्ता गर्ने, अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्ने, कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्न अमेरिकी राष्ट्रपति वाइडेनले उच्च प्राथमिकता राखेको लुको भनाइ ।

९.नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज, दोस्रो खेलमा कतार ६१ रनमा पराजित, शुक्रबार महिला टोली युएई जाने, सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि एसिया छनोट खेल्न ।


१०. अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत, भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा, युगान्डाको राजधानीमा भएको आत्मघाती हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा, भारतका विदेश मन्त्री जयशंकर र साउदी अरेबियाका समकक्षी बीच छलफल ।

प्रतिक्रिया दिनुहोस्