Logo
Logo

सर्वोच्चका १३ जना न्यायाधीशले ‘फुलकोर्ट’ बोलाउँन आग्रह गरे


2.1k
Shares

काठमाण्डौं । सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्टमा बोलाउन आग्रह गरेका छन् । सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बेलाउँन हिजो मंसिर १ गते बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएको थियो ।

योसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरिएको छ । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान गर्ने छ । प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्ने छ । नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरुमा मुद्दा तोक्ने’ व्यवस्था छ । त्यसलाई संशोधन गरी ‘गोला प्रणालीबाट मुद्दा तोकिने’ बताइन्छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले गरेको सिफारिस अनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा २०७८’ नाम दिइएको छ ।तर सर्वोच्च अदालत नियमावली अनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ । तर प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन भइरहेकाले फुलकोर्ट बैठक बोलाउने बारेमा अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्