Logo
Logo

सुदूरपश्चिममा थप १० जनामा सङ्क्रमण पुष्टि



कैलाली । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४१ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पिसीआरमा सात र एन्टिजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई र कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए ।

प्रतिक्रिया दिनुहोस्