Logo
Logo

डिल्ली बजारका नापि अधिकृत ९ लाख घुसहित पक्राउ


0
Shares

काठमाडौँ । नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका प्रमुख डिल्ली बहादुर वली ९ लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालको टोलीले उनलाई वसुन्धाराबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए।

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनका लागि सेवाग्राहीसँग अनावश्यक सास्ती र दुख हैरानी दिई घुस माग मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।

अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थितबाट नियन्त्रणमा लिएको हो।

नापी अधिकृत वलीलाई विशेष अदालतमा पेश गरेर थप अनुसन्धान भइरहेको न्यौपानले जनाए।

प्रतिक्रिया दिनुहोस्