Logo
Logo

बिर्तामोडका डिएसपी फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख ।
इलाका प्रहरी कार्यालय बिर्तामोड(अनारमनी)का डिएसपी फेरिएका छन् । डिएसपी सुवास खड्का पटक पटक विवादमा आएपछि उनलाई हटाइएको छ ।
उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले डिएसपी मोहन थापालाई खटाएको छ । थापा महानगरीय प्रहरी परिसरमा कार्यरत थिए ।


परिसर अगाडि उनी जनसेवा वृत्तका इन्चार्ज थिए । नवराज सिलवालविरुद्धको मुद्दा अघि बढाउन उनलाई काठमाडौं परिसरमा सरुवा गरिएको थियो ।
बिर्तामोडका डिएसपी खड्का दुई वटा विवादमा परेका थिए । गत महिना चोरीको आरोपमा पक्राउ परेका बालकको प्रहरी हिरासतमै मृत्यु भएको थियो । केही दिनअघि स्थानीय गुन्डाले उनको कुर्सीमा बसेर फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने मात्र होइन कतिपयलाई थर्काउने काम समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्