Logo
Logo

जुम्लाको पातारासीमा जीप दुर्घटना, नौ घाइते



जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए ।

घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्