जीप दुर्घटना अपटेड : एकको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

जीप दुर्घटना अपटेड : एकको मृत्यु


दृष्टि संवाददाता


जुम्ला । जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अपस्तालले जनाएको छ । बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

यसैगरी दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भीर घाइते एक महिला र पुरुषको ठेगानासमेत खुल्न सकेको छैन ।

पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको घटनास्थलबाट फर्किएका सशस्त्र प्रहरी ३३ नं गणका एसपी गगन श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँसमेत पुगेर फर्किएकी छन्।

प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी–३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी–३ महरी गाउँका ४९ वर्षीय गोर्ख बुढा, पातारासी–३ माथी लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी–६ जम्नका छ वर्षीय पुस्कर विष्ट र पातारासी–७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उपकुलपति रावलसहितको चिकित्सकीय टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्