Logo
Logo

१८ वर्षीया उषा बनिन् कांग्रेस प्रतिनिधि



काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनदेखि नै युवा पार्टीप्रति आकर्षण बढेको छ । यसैको पछिल्लो उदारण हो, १८ वर्षीया उषा सापकोटा ।

बागलुङमा शनिबार भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन् । उनले २८६ ल्याएकी थिइन्, जुन त्यहाँ सबैभन्दा बढी मत हो ।

बागलुङको काँठेखोला गाउँपालिका ५ की सापकोटा बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन् । १८ वर्षीया सापकोटा प्रतिनिधि चयन भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई बधाई दिँदै लेखेका छन्, ‘१८ बर्ष पुग्दा उम्मेदवार । प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बाग्लुङकी उषा सापकोटालाई धेरैधेरै बधाई । १० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि ।’

प्रतिक्रिया दिनुहोस्