Logo
Logo

कांग्रेस महाधिवेशन प्रतिनिधिमा कोरियोग्रफर रेनाशाको उम्मेदवारी



इलाम । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रेनाशा वान्ताव राईले इलामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन् । उनले कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी हुन् ।

आफ्नो गाउँ र जिल्लालाई केही गर्ने सक्छु भन्ने उद्देश्यले आफू राजनीतिमा लागेको बताइन् । उनले भनिन्, ‘गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले मलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गर्‍यो, नाम कमाउन कार्यरत क्षेत्र नै काफी छ तर मेरो गाउँ र जिल्लालाई म केही गर्न सक्छु भन्ने उद्देश्यले राजनीतिमा आएको हुँ ।’

‘आइएम ट्वान्टीवान’ चलचित्र निर्देशन गर्दै गरेकी रेनाशाले कलाकारिता छाडेर पूर्णकालीन राजनीतिमा प्रवेश गरेको हो वा महाधिवेशनमा प्रतिनिधि बन्नकै लागि उम्मेदवारी दिएको भन्नेबारे केही खुलाएकी छैनन् ।

पुस्तौनी कांग्रेस परिवारकी उनले राजनीतिक यात्राका लागि त्यही बाटो पहिल्याएको बताइन् । उनले भनिन्, ‘अब मलाई राजनीतिमार्फत् सामाजिक रुपान्तरणको अभियान चलाउनु छ ।’

इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे घर भएकी रेनिशा १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील छन् । उनी कांग्रेस कार्यकर्ता नरेन्द्र कुमार वान्तवाकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्