Logo
Logo

कांग्रेस सचिव र तरुण अध्यक्षबीच मुक्का हानाहान



दाङ । तरूण दल दाङका अध्यक्ष टीका घर्ती र कांग्रेस दाङका सचिव शंकर डाँगीबीच कुटाकुट भएको छ ।

हालै सम्पन्न कांग्रेस दाङ क्षेत्र नम्बर ३ को मतपरिणामको विषयलाई लिएर डाँगी र घर्तीबीच आइतबार अपरान्ह तुलसीपुरमा कुटाकुट भएको हो ।

पार्टीका सचिव डाँगीले आफूलाई निर्वाचनमा हराएको भन्दै तरुण अध्यक्ष घर्तीले मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घर्ती दाङ क्षेत्र नम्बर ३ (ख) मा सभापतिको उम्मेदवार थिए । उनी खिमबहादुर वलीसँग पराजित भएका हुन् । सोही निर्वाचनमा आफूलाई पार्टी सचिवले पराजीत गरेको घर्तीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्