Logo
Logo

देउवा महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा पनि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् ।

त्यस्तै डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ । साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन् ।

सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्