Logo
Logo

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने नेम्वाङको घोषणा



काठमाडौं । नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

फाईल फोटो

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ । ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै दिनेछु’ नेम्वाङले भने । आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको उनको भनाई छ ।

यसअघि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा एमाले अध्यक्ष रहे पनि आकांक्षीहरु धेरै देखिएका छन् । यसकारण ओली समुहका नेताहरुलाई व्यवस्थापन गर्न नै सकस पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्