Logo
Logo

३० वर्षको उमेरमै यादव बने नगर कमिटीको अध्यक्ष



गौर । नेकपा (एमाले) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा ३० बर्षीय बिजय यादव ‘निर्विज’ सर्वसम्मत निर्वाचित भएका छन् ।

फतुवा विजयपुर एमालेको प्रथम नगर अधिवेशनले ३० बर्षीय यादव सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अभनियमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका नवनिर्वाचित अध्यक्ष यादव पुर्वमन्त्री एवं एमालेका प्रभावशाली नेता प्रभु साहका स्वकिय सचिव समेत हुन् ।

एमाले जिल्ला कमिटी सदस्य हुनुभन्दा पहिले यादव चलचित्रकर्मी संघ प्रदेश २ अध्यक्ष पनि जिम्मेवारी निर्वाह गर्दैआएका छन् । फतुवा बिजयपुरको सन्तपुरका बासिन्दा यादव एमाले रौतहटको इतिहासमै सबैभन्दा कम उमेरमा पार्टी कमिटीको नगरपालिकाको नेतृत्व पाएका छन् ।

कमिटीको उपाध्यक्षमा शेरबहादुर पटेल, सचिवमा उमाकान्त दाहाल, सहसचिवमा सञ्जुदेवी साह समेत सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्