Logo
Logo

सद्भावना पार्टीका संस्थापक नेता पाठकको निधन



जलेश्वर । नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उहाँको छोरा अरुणकुमारले बताउनुभयो ।

केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उहाँ सक्रिय रहनुभएको थियो ।

एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उहाँले दुई पटक संसदीय निर्वाचन र एक पटक ९पहिलो० संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनाव लडनुभएको थियो । पेशाले औषधि व्यवसायीसमेत रहनुभएका उहाँ क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्