Logo
Logo

जनमत पार्टी ‘जनमत माटो यात्रा’ गर्दै



जनकपुरधाम । जनमत पार्टीले मेचीमहाकाली ‘जनमत माटो यात्रा’ सुरु गर्ने भएको छ । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बसेको बैठकले मंसिर १० गते लुम्बिनीबाट जनमत माटो यात्र सुरु गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले बताए ।

‘यो यात्राको लक्ष्य मधेसका हेरक गाउँपालिका÷नगरपालिका पुगेर त्यहाँको पवित्र माटो संकलन गर्ने र अन्त्यमा सबै गाउँ÷शहरको माो मिलाएर मधेस एकता उद्यान निर्माण गर्ने रहेको छ’ महासचिव सिंहले भने । मंसिर ७, ८ र ९ गते छुटेका वडा तथा टोलहरुमा युवा दस्ता गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । यस्तै हरेक बर्ष मनाइने ‘रंगभेदविरुद्ध एकता दिवस’ को अवसरमा हरेक जिल्लामा युवा दस्ताको नेतृत्वमा मंसिर १० गते र्याली गर्दै एक ठाउमा भेला भएर पुनः प्रशिक्षण र निर्देशन दिने कार्यक्रम जनमत पार्टीले तय गरेको छ ।

मंसिर ११ देखी २७ गते सम्म आन्दोलन समिति नबनेको पालिका, वडा, टोलमा आन्दोलन समिति बनाउँने, प्रशिक्षण दिने र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई शसक्त बनाउँने निर्णय भएको महासचिव सिंहले बताए । मंसिर २८ र २९ गते केन्द्रीय समितिको बैठक बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्