Logo
Logo

नेपाल र भारतमा कोभिड खोपको मान्यता


693
Shares

काठमाडौं । नेपाल र भारतसरकारबीच कोभिड खोप प्र्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसंगै भारत र नेपाल मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ ।

अब दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000