Logo
Logo

हरवा चरवा अधिकार मञ्चद्वारा २४ पालिकालाई ज्ञापन



वीरगंज । रास्ट्रिय दलित नेटवर्कको सहजिकरणमा गठित हरवा चरवा अधिकार मञ्चले आज एकै दिन प्रदेश न. २ का ६ जिल्लाका २४ वटा पालिकाहरुमा विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश न.२ का पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरीका २४ पालिकाहरुमा हरवा चरवा अधिकार मञ्चका पालिका समितीहरुले बाध्यकारी बधुवा श्रममा अधारित एउटा शोषणमुलक दास प्रथाको रुपमा रहेको हरवा चरवा प्रथा अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझएको हो ।

उक्त समितिहरुद्वारा विभिन्न पालिकाहरुमा पेश गरिएको ज्ञापन पत्रमा दास प्रथाको अवशेषको रुपमा रहेको कृषि बधुवा श्रमिकहरु हरवा चरवाहरुको नागरिकता, जन्मदर्ता, समाजिक सुरक्षा भत्ता लगाएतका सवालहरुलाई सहज ढंगले सम्बोधन गर्न माग गरिएको छ ।

हरवा चरवाहरुको पहिचान, प्रमाणिकरन र परिचयपत्र बितरण गरियोस साथै हरवा चरवाहरु भुमिहिन भएकोले भूमि माथि उनीहरुको स्वामित्व कायम गरियोस् भनी ज्ञापन पत्रमा उल्लेख छ ।

हाल स्थानीय सरकारहरुबाट नै सम्बोधन हुन सक्ने खालका विभिन्न मागहरु जस्तै हरवा चरवाहरुको आय आर्जन प्रबर्द्धन गर्नका लागि जिउकोपर्जन सीप बिकास तालीमहरुमा समेत उनीहरुको पहुँच कायम गरियोस् भन्ने मागहरू ज्ञापन पत्र मार्फत प्रस्तुत गरिएको रास्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकारी रुपनारायण पासवानले बताए ।

सदियोदेखि हरवा चरवा प्रथाबाट प्रताडित भइ सामाजिक, आर्थिक, राजनितीक र शैक्षिक दृष्टिले पछाडि परेकाहरुलाई राज्यको मुलधारमा ल्याउनु राज्यको प्रमुख दायित्व भएकोले हाम्रा मागहरू अबिलम्ब सम्बोधन हुनु पर्ने हरवा चरवा अधिकार मञ्च वीरगंजका अध्यक्ष जयप्रकाश माझीले बताए ।

प्रतिक्रिया दिनुहोस्