Logo
Logo
विवादमा प्रधानन्यायाधीश

प्रधानन्यायाधीश राणाविरुद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास



काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सातवटा नागरिक संस्था र बृहत् नागरिक आन्दोलनले आज (बिहीबार) सर्वोच्च अदालतको गेटबाट बालुवाटारसम्म मार्च पास गर्दैछन् ।

प्रधानन्यायाधीश राणाको राजीनामाका लागि दबाब र राजनीतिक दलहरुका लागि महाअभियोग दर्ता गर्न दबाब दिनका लागि मार्चपास गर्दै ज्ञापनपत्रसम्म बुझाउने तयारी गरिएको छ ।

मार्चपासका लागि नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको जनाइएको छ ।

कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ । यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको हो ।

तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार बारले आज पनि सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिदैछन् ।

प्रतिक्रिया दिनुहोस्