Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित



फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको दृष्टि न्युजलाई जानकारी दिए । उनका अनुसार बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

अब स्थगित बैठक महाधिवेशनको अन्तिम तयारी भएकाले आवश्यकता अनुसार बस्ने उनको भनाई छ । मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्