Logo
Logo

माओवादीको वडामा सर्वसम्मत नेतृत्व चयन, पालिका सम्मेलन गर्ने तयारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा नेतृत्व चयनका लागि वडा सम्मेलन गरेको छ । माओवादी केन्द्रको वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

माओवादीले शनिबारबाट देशभरका वडामा वडा सम्मेलनमार्फत ९५ प्रतिशत सर्वसम्मत नेतृत्व चयन गरेको माअ‍ोवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले दृष्टि न्युजलाई जानकारी दिए ।

शनिबार देशभरका अधिकांश वडामा एकसाथ सर्वसम्मत नेतृत्व चयन गर्ने भने पनि माओवादीले ५ प्रतिशत वडामा भने आइतबर र सोमबार स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको ढकालले बताए ।

वडा नेतृत्व चयनबारे विवरण आउने क्रम अन्तिम चरणमा पुगेको र पूर्ण विवरण भने पालिका अधिवेशन सकेपछि सार्वजनिक गर्ने माओवादी केन्द्रीय कार्यालयको तयारी छ ।

माओवादी केन्द्रले शनिबारबाट एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको हो । यस्तै मंसिर ११ गते माओवादी केन्द्रले पालिका सम्मेलन गर्दैछ ।

पालिका सम्मेलनका लागित तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ भने आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्