Logo
Logo

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना युवा पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुसहित २२ बर्षीय जिबन लिम्बुलाई पक्राउ गरेको छ ।

प्रहरीले सुन जस्तो देखिने पहेंलो धातु बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम-७ स्थायी वतन भएका लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाइ अबैध रुपमा लुकाएर भन्सार छलि लैजान लागेको अवस्थामा प्रहरीले फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्