२ थान पेस्तोल र ७ राउण्ड गोली बरामद « Drishti News – Nepalese News Portal
Logo

२ थान पेस्तोल र ७ राउण्ड गोली बरामद


दृष्टि संवाददाता


कैलाली । टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्