Logo
Logo

सहमतिमै नेतृत्व चयन गर्ने पार्टी निष्कर्षमा पुगेको छ : बादल



चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।

बिहीबार पत्रकारहरुसँग बोल्दै १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टीको निष्कर्ष रहेको बताएका हुन् ।

पुर्वमाओवादी नेता समेत रहेका बादल महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेपछि भने, ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन ग¥र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ ।’

उनले आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको बताए । महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली आजै चितवन आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्