Logo
Logo

एमाले सचिवमा उम्मेदवारी दिँदै शेरधन राई



चितवन । नेकपा (एमालेको)को १०औं महाधिवेशनमा एमालेका नेता तथा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

भोलि (शुक्रबार) देखि सुरु हुन लागेको एमालेको १०औं महाधिवेशन सहभागी हुन चितवन आइपुगेका नेता राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेको बताए । राई एमालेका पोलिटव्युरो सदस्यमा हुन् ।

पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन आफूले सचिव पदमा उम्मदवारी दिने तयारी गरेकाे राईको भनाइ छ । राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको उनले बताए ।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्