Logo
Logo

मंसिर १५ गतेदेखि सर्वोच्चमा गोलाप्रथा लागू गरिने



काठमाडौं । सर्वोच्च अदालमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिने भएको छ ।

आज (बिहीबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेक सर्वोच्चमा बसेको न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)ले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर मंसिर २ गते (बिहीबार)को फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्