Logo
Logo

चितवन पुगेर कमल थापाले गरे ओलीको प्रशंसा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ओलीको प्रशसा गरेका हुन् ।

ओली स्वाभिमानी भएको उनको भनाइ छ । लिम्यिाधुरा समेत समेटर पूर्ण नक्सा प्रकाशित हुनुलाई उनले ओलीको अविश्वरमणीय काम भएको बताए ।

ओलीले मधेसमा पृथकतावादी आन्दोलन गरिरहको डा सिके राउत र नेद्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारमा ल्याएको अध्यक्ष थापाले बताए ।

उनले भने, ‘ओलीलाई सधैं सम्झिने छ २ कार्य कार्य भएका छन्, मधेसमा पृथकतावादी आन्दोलन गरिरहको एउटा शक्ति मुलधारमा आएको छ । विप्लव माओवादीलाई पनि मुलधारमा ल्याउनुभएको छ ।’

दोस्रो कार्यकालका अन्य परिघटनामा असहमित रहेको बताएका थापाले ओलीको पहिलो कार्यकालको थप प्रशंसा गरे । भारतीय नाकाबन्दी ओलीकै दृढताले असफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्