Logo
Logo

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउन मोदी लागिपरेका छन् : जोगीन्दर शर्मा



काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगीन्दर शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै सन् २०२५ सम्म नेपाललाई हिन्दू राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा)को अभियान भएको उनले बताए ।

भारतलाई पनि हिन्दू राष्ट्र बनाउने लक्ष्य भएको भन्दै उनले भने, ‘भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना गराउन लागि परेको छ, भारतलाई पनि हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको छ ।’

मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराए । उनले मोदीको तानाशाही सरकारलाई किसान आन्दोलनको बारेमा बझ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्