Logo
Logo

केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : माधव नेपाल



ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली कम्युनिस्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटी गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन् ।

कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री विरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बनेपछि आफूहरु अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे ।

ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।

कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका सांसद् माधवप्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटी सदस्य अमृतनाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्