आज २१३ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

आज २१३ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्