Logo
Logo

षड्यन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा पुग्यौँ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु षड्यन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा पुगेको बताएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेका हुन् । उनले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं । प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं ।’

शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । यही कारण देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्