Logo
Logo

सरकारले विदेश नीति बिगार्‍यो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलिय गठबन्धनको सरकराले विदेश नीति बिगारेको बताएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशको बन्दसत्रलाई सम्बोधन आफ्नो नेतृत्वको सरकारले बनाएको विदेश नीति अहिलेकाे सरकारले बिगारेको बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारले बनाएको नीतिहरु अहिलेको सरकारले कार्यान्वयन नगरेर गल्ती गरेको अध्यक्षको ओलीको भनाइ छ । उनले भने, ‘आज पाँच दलिय गठबन्धनले हामीले सारेका नीतिहरु कार्यान्वयन नगर्न सक्छ । त्यो उसको गल्ती हो । आज छिमेकीसँगकोे आन्तरिक सबन्ध बिगारी रहेको छ, देशमा समस्य ल्याइरहेको छ ।’

उनले एमालेको कसैसँग पनि सत्रुता नभएको बताए । ‘हाम्रो परराष्ट्र नीति कसैसँग पनि सत्रुता छैन । सबैसँग मित्रता छ । हामी सबैसँग मित्रता चाहन्छौँ’, उनले भने, ‘हाम्रो परराष्ट्र सम्बन्धका स्पष्ट आधारहरु छन्, हामीले विकास गरेका छौँ । र, खासगरी हाम्रा समयमा हामीले नीतिहरु स्पष्ट ढंगले कार्यन्वयन गरेकाे थियाैँ।

प्रतिक्रिया दिनुहोस्